सँस्कृत भाषा अन्तरिक्षमा प्रयोग हुन्छ भनेपछि ज्योतिष हरिहर ट्रोलको शिकार!

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  २ : ४६


काठमाडौं। ज्योतिष तथा अभिनेता हरिहर अधिकारी ट्रोलको शिकार बनेका छन्।

अमेरिकी अन्तरिक्ष संस्था नासाले अन्तरिक्षमा सम्पर्क गर्दा सँस्कृत भाषाको प्रयोग गर्ने र कोडिङ प्रणाली पनि सँस्कृतको प्रयोग गर्ने उनले एक पोडकास्टमा बताएका थिए।

सो तथ्यबाट टाढा रहेको अभिव्यक्तिपछि उनी विवादमा तानिएका हुन्। उनको यतिबेला सामाजिक संजालमा आलोचना भइरहेको छ।

उनले के–के भने?

सञ्जय गुप्ताको पोडकास्टमा उनले नासामा दुई वर्ष संस्कृतको क्याप्सुल कोर्स हुने बताएका थिए। उनले अन्तरिक्षमा संस्कृत भाषाको माध्यमबाट सम्पर्क स्थापित गरिने, संस्कृत ब्रम्हाण्डीय भाषा भएको, संस्कृतको ओरिजिन सूर्यबाट आएकाले अन्तरिक्षबाहिर पनि त्यसले काम गर्ने उल्लेख गरेका थिए।

यस्तै उनले हरेक मन्त्र संस्कृतमा गर्दा त्यसको ध्वनि युनिभर्सभन्दा बाहिर जाने बताएका थिए।


प्रतिक्रिया दिनुहोस्