धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड (भिडियाे)

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १२ : ४९


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड भएको छ। आइतबार सहकारीले रकम हिनामिना गरेको विषयमा मेयर साम्पाङसँग छलफल गर्न पुगेका उनीहरुले कार्यकक्षमा तोडफोड गरेका हुन्।

धरानको बराह सहकारीले बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको भन्दै आन्दोलित व्यक्तिहरुले साम्पाङको कार्यकक्षमा तोडफोड गरेका हुन्।

घटनाको भिडियो सामाजिक सञ्जालमा राख्दै मेयर साम्पाङले आफू पीडितको पक्षमा उभिँदा र छानबिन प्रकृया अघि बढाउन खोज्दा कार्यकक्षमा तोडफोड भएको जनाएका छन्।

‘म पीडितको पक्षमा उभिँदा, छानबिन प्रकृया अघि बढाउन चाहँदा सबै प्रकृया विथोल्ने गरी मेरो कार्यालय तोडफोड गर्ने यिनीहरुलाई के भन्नु हुन्छ! अब यसरी पिडितले न्याय पाउँलान् त’ साम्पाङले लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्