राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन।
मन्त्री शर्माले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको शपथ लिएका हुन।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटालगायत उच्चपदस्थ पदाधिकारी र अधिकारीको उपस्थिति रहेको थियो। रासस