साफ यू २०ः भारतविरुद्ध नेपाली टोलीमा एक खेलाडी परिवर्तन

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ७ : ३१


काठमाण्डौँ । लगातार तेश्रो जित निकाल्ने लक्ष्यसहित साफ यू २० च्याम्पियन्सिप अन्तर्गत भारतसंग भीँड्न लागेको नेपाली टोलीले एक खेलाडी परिवर्तन गरेको छ । सन्दीप कार्कीको स्थानमा मनग्य नकर्मी टोलीमा आएका छन् । उनी श्रीलंकाविरुद्ध पनि दोस्रो हाफमा मैदान छिरेर गोल गरेका थिए । समूह चरणको तेस्रो खेलमा नेपालले साँझ सबा सात बजे भारतलाई भेट्ने छ ।

टोलीसँग सिनियर राष्ट्रिय टोलीबाट अनुभव बटुलिसकेका मिडफिल्डर तथा टोलीका कप्तान आयुष घलानको साथ रहेको छ । आयुषसँगै अग्रपङ्तिमा सुगम सुवालले दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

राउन्ड रोविन लिगको तीन चरणको खेल जारी रहँदा बंगलादेश तीन खेलमा तीन जितसहित ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । नेपाल दुई खेलमा दुई जितसहित ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भारत दुई खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा माल्दिभ्स र श्रीलंकाको १/१ अंक छ । आज भएको पहिलो खेलमा १/१ को बराबरी‌ खेलेपछि दुवै टोली बाहिरिएका हुन् ।

नेपाले राउन्ड रोविन लिगको अन्तिम खेलमा मंगलबार बंगलादेशको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्