फ्रेन्चाइज र नेपाल सुपर लिगको निर्णय गर्न बोलाइएको छलफल स्थगित

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ७ : २१


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु लिग र अन्यौल अवस्थामा रहेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग ९एनएसएल०को बारेमा निर्णय गर्न बोलाएको छलफललाई स्थगित गरेको छ ।

एन्फाले आईतबार ए डिभिजनका क्लबसँग आसन्न घरेलु लिग र एनएसएलको विषयमा औपचारिक छलफल गर्न बैठक बोलाएको थियो । तर अन्तिम समयमा प्राविधिक कारण देखाउँदै एन्फाले छलफल स्थगित गरेको छ ।

एन्फाले क्लबसँगको छलफल अघिल्लो सातानै राख्ने गरि सुचना दिएको थियो । केही समयमै तयारी नपुग्ने भन्दै आईतबारका लागि नयाँ सुचना जारी गरियो । तर आईतबार पनि बैठक बस्न सकेन । प्राविधिक कारण भन्दै अन्तिम समयमा छलफल स्थगित गरिएको छ ।

ए डिभिजन क्लबका एक पदाधिकारीले प्राविधिक कारणले बैठक स्थगित गरेको सुचना आफुले प्राप्त गरेको खेलपाटीलाई बताए । थप विषय एन्फाले खुलाएको छैन ।

चुनाव जितेर आएपछि नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्वाङले एजेण्डा सहितको बैठक राख्न सकेका छैनन् । एजेण्डा सहित राखिएको पहिलो बैठक सुरु भएको केहीबेरमै विवाद बढेपछि स्थगित गरिएको थियो ।

निर्वाचित भएर आएपछि फुटबल गतिविधि र कार्यक्रम भन्दा नियुक्ति र मनोनयन प्राथमिकतामा परेपछि नयाँ अध्यक्ष नेम्वाङ आलोचित छन् । संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्य नियुक्तिको दाउपेचमा लागेपछि फुटबल गतिविधिका एजेण्डा अलपत्र छन् । एन्फाको नयाँ टिमले फुटबलको क्यालेन्डर सार्वजनीक गर्न सकेको छैन । बजेट सहित क्यालेन्डर पास गर्ने विशेष साधारण सभा बोलाउन नेतृत्वको रुचि देखिदैन ।


प्रतिक्रिया दिनुहोस्