सेयर बजारमा हरियाली, ५४ अंकले इन्डेक्स बढ्दा कारोबार रकम पनि बृद्धि

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ३ : ५०


काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्सेमा ५४ अंकको वृद्धि आएको छ।

नेपाल स्टक एक्सचेन्ज नेप्से ५४५८ अंकले बढेर २१९५ १० को बिन्दुमा बजार बन्द भएको छ।

क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९ ७२ अंकले बढेर ४१९ २० को बिन्दुमा पुगेको छ।

आज नेप्सेका सबै परिसचुक बढ्दा ४ अर्ब बढीको कारोबार भएको छ। यस दिन ५ बीमा कम्पनीहरुको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको छ।

यस दिन नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको हो। त्यसैगरी, यस दिन युनाइटेड इदी मार्दी, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेशनल हाइड्रोपावर कम्पनी र मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

बीमा कम्पनीहरुको शेयरमूल्य बढेसँगै यस दिन जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेका छन्।


प्रतिक्रिया दिनुहोस्