शर्मा पुनः अर्थमन्त्रालयमा छिर्ने भएपछि अर्थसचिव मरासिनी ‘गायब’

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ३ : ०३


काठमाडौँ । अर्थ मन्त्रालयका अर्थसचिव मधुकुमार मरासिनी गायब भएका छन् । बजेट प्रकरणबाट निर्दोश सावित भएर जर्नादन शर्मा फेरि अर्थमन्त्रीका रुपमा मन्त्रालय छिर्ने भएपछि अर्थसचिव मरासिनी सम्पर्कबाहिर भएका हुन् ।

शर्मा मन्त्रालय छिर्ने पक्का भएपछि आइतबार मरासिनी सञ्चारसम्पर्कमा छैनन् । उनको फोन पनि स्विच अफ छ । सचिवालयले भने मरासिनी औपचारिक कार्यक्रममा व्यस्त भएको जवाफ दिएको छ।
चालु आर्थिक बर्ष २०७९÷८०को बजेट निर्माणको क्रममा बजेटसँग असम्बन्धित व्यक्ति सहभागी गराएको आरोप लागेपछि मरासिनी शर्मासँग बसेर काम गर्न नसक्ने भन्दै बिदामा बसेका थिए।असार २२ गते शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा दिएलगत्तै उनी काममा फर्किएका थिए।

शर्माबिरुद्ध बनेको संसदीय समितिले अध्ययन पश्चात शर्मालाई सफाई दिएपछि शर्मा आइतबार फेरि अर्थमन्त्रीमा नियुक्त हुँदैछन्। उनले आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट अर्थमन्त्रीमा पुनः सपथ ग्रहण गर्दैछन्।


प्रतिक्रिया दिनुहोस्