खोटाङमा भूकम्प अपडेटः ३ घर भत्किए

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ११ : ४३


काठमाडौँ । खोटाङमा केन्द्रविन्दु बनाएर आज बिहान गएको भूकम्पले जिल्लाकै एउटा कच्ची घर भत्किएको छ।

खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहका अनुसार आइतबार बिहान गएको ६ रेक्टर स्केलको भूकम्पले साकेला गाउँपालिकास्थित रहेको कच्ची घर भत्काएको हो ।

साथै, छिमेकी जिल्ला भोजपुरमा भने २ वटा घर क्षतिग्रस्त भएको छ । भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार भोजपुर नगरपालिका–१२ टक्सारमा रहेका घरमा क्षति पुर्‍याएको विवरण प्राप्त भएको छ । सो स्थानमा हाल प्रहरीहरू पठाएको उनले जानकारी दिए ।

मानवीय क्षति भएको विवरण भने उपलव्ध छैन ।


प्रतिक्रिया दिनुहोस्