ओली व्यंग्य गर्दै भन्छन्ः गठबन्धन दुई दिनको पाहुना

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ८ : १७


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनलाई दुई दिनको पाहुनाको संज्ञा दिएका छन्।

शनिबार राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘यो गठबन्धन भनेको दुई दिनको पाहुना हो। यी ढोडका लौरोका भर परेर नचल्न म सबैलाई सुझाव दिन चाहान्छु।’

सर्वोच्च अदालतलाई गठबन्धनको उलामालामा नलाग्न उनले आग्रहसमेत गरेका छन्।

साथै अध्यक्ष ओलीले संसदीय छानबिन विशेष समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गरेको छानबिनलाई जनताले अस्वीकार गर्नुपर्ने बताएका छन्।

बहुमत र अल्पमतका आधारमा प्रतिवेदन तयार पारिएको बताउँदै उनले भने,‘फुटेज किन डिलिट गरियो, किन छैन भनियो? बहुमत राखेर समिति किन बनाइयो? बजेट निर्माण गर्दा राष्ट्रको ढुकुटीमारा काम आपराधिक काम भएकै हो । निष्पक्ष छानबिन गर्न खोज्यौँ तर दिइएन।’


प्रतिक्रिया दिनुहोस्