कोउन्डेले गरे बार्सिलोनासंग पाँच वर्षको सम्झौता

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ९ : २१


काठमाडौं । फ्रान्सका गोलरक्षक जुलेस कोउन्डेलाई स्पेनिस क्लब बार्सिलोनाले पाँच वर्षका लागि अनुबन्ध गरेको छ ।

कोउन्डेले फ्रान्सका लागि ११ क्याप जितेका छन् । उनी ट्रान्सफर फ्री मा ५० मिलियन युरोमा सेभियाबाट क्याटलान क्लब आउने पक्का भएका हुन् । २३ वर्षीय कोउन्डेले सेभियाका लागि १३३ खेल खेलेका छन् ।

२०१९ मा सेभियाले युरोपा लिग उपाधी जित्दा कोउन्डे टोलीका सदस्य थिए । कोउन्डेलाई यसअघि इंग्लिस क्लब चेल्सीले पाँच वर्षको लागि सम्झौता गर्न तयारी गरेको थियो । बार्सिलोनाले आधिकारिक रुपमा कोउन्डेलाई सोमबार सार्वजनिक गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्