विद्या बालन भन्छिन्ः रणविरको तस्बिर हामीलाई आँखा सेक्ने अवसर!

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ६ : २३


काठमाडौं। भारतीय अभिनेता रणवीर सिंहले हालै नग्न फोटोसुट गरेपछि त्यो विषयमा विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन्।

भारतमा उनी ट्रोलका शिकार मात्र बनेनन् उनको तस्बिरलाई लिएर उनलाई जेल हाल्नुपर्छ भनेर प्रहरीमा उजुरीसमेत परेको छ।

उनलाई आदिम मानवसम्म भनिएको छ। उनले आफू हजारौंको अगाडि पनि नांगिनसक्ने उल्लेख गरेका छन्।

यसबीचमा भारतीय अभिनेत्री विद्या बालनले भने रणवीरको तस्बिरको विषयमा सकारात्मक प्रतिक्रिया दिएकी छन्।

मुभी टल्क्सका अनुसार आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै विद्याले रणविरको तस्बिरमा कुनै समस्या नभएको जनाएकी छिन्।

उनले भनेकी छिन्,‘अरे, यसमा के समस्या छ? पहिलो पटक कुनै पुरुषले यस्तो गरिरहेको छ। हामीलाई पनि आँखा सेक्न दिनुहोस् न।’

प्रहरीका परेको उजुरीको सन्दर्भमा सोधिएको प्रश्नमा उनले काम नपाएका केही व्यक्तिले उजुरी दिएको प्रतिक्रिया दिएकी छन्।


प्रतिक्रिया दिनुहोस्