हिताची नेपालले बजारमा ल्याउँदै चार नयाँ उत्पादन, अत्याधुनिक फ्रिजदेखि वासिङ मेसिनसम्म

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ५ : १६


काठमाडौं। हिताची नेपालले नेपाली बजारमा चार नयाँ उत्पादनहरु ल्याउने घोषणा गरेको छ।

आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी हिताचीले अत्याधुनिक फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन र भ्याक्युम क्लिनर चाँडै ल्याउन लागेको जानकारी दिएको हो।

रमेश कर्प संस्थाको शाखा युनिभर्सल इलेक्ट्रोकम प्रा. लि. हिताची होम अप्लाइन्सेसको आधिकारीक वितरक हो। अब चाँडै युनिभर्सल इलेक्ट्रोकमले माथि उल्लेखित नयाँ उत्पादनहरु नेपालमा विक्री र वितरण गर्नेछ।

रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालका अनुसार हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ म
सुन, हिताची फ्रेन्च बटम रेफ्रिजिरेटर र हिताची कर्डलेस स्टिक भ्याकुम क्लिनर चाँडै नेपालमा पाइनेछ।


प्रतिक्रिया दिनुहोस्