भारतमा सैन्य विमान दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १२ : ५९


नयाँदिल्ली। भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना आईएएफका दुई विमान चालकको मृत्यु भएको छ।

मि–२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।

प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिबपाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार ढिलो दुर्घटनामा परेको थियो।

भारतीय वायुसेनाले यस दुर्घटनामा ज्यान गुमाएकाहरुका प्रति गहिरो दुःख व्यक्तगर्दै शोक सन्तप्त परिवारहरूसँग दृढतापूर्वक खडा रहेको जानकारी दिएको छ।

एक अदालतको जाँचको आदेश दिइएको पनि वायुसेनाका अधिकारीहरुले जानकारी दिएका छन्। रासस


प्रतिक्रिया दिनुहोस्