काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा एउटा राँगोले आतंक मच्चाएपछि प्रहरीले गोली हानेर मारेको छ । आज बिहान साढे ७ बजेतिर महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले राँगो मारेको हो ।
चन्द्रागिरी नगरपालिका– ४ स्थित गोदामचौरमा राँगोले आतंक मच्चाएपछि एक राउन्ड गोली हानी राँगो मारेको प्रहरी परिसरले जनाएको छ । थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा आज बिहान ३ बजेतिर झार्ने क्रममा भागेको थियो ।
प्रहरीका अनुसार राँगोले कसैलाई घाइते भने बनाएको थिएन ।