अमेरिकी मन्त्री डोनाल्ड लू काठमाण्डौँमा

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ५ : १५


काठमाडौँ । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । उनी आज अपराह्न नयाँ दिल्ली हुँदै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

नयाँ दिल्ली हुँदै काठमाडौँ आइपुगेका लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेश मन्त्री लुको भ्रमण नियमित रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्