अमेरिकामा पुराना पार्टीको विकल्पमा तेस्रो पार्टी, रिपब्लिकन र डेमोक्रेटिककै पूर्व नेताहरु समावेश

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ४ : ५६


काठमाडौं। अमेरिकामा पुराना दुई पार्टीको विकल्पमा तेस्रो पार्टी खोलिने भएको छ।

रिपब्लिकन र डेमोक्रेटिक यी दुई पार्टीमै आवद्ध दर्जनौं पूर्वनेताहरूले तेस्रो पार्टी खोल्ने घोषणा गरेका हुन्।

द गार्डियनका अनुसार उक्त नयाँ पार्टीको नाम ‘फरवार्ड’ राखिनेछ। अमेरिकामा दुई दलीय प्रणालीबाट आजित भएका मतदातालाई विकल्प दिन नयाँ पार्टी खोलिने भएको हो।

समाचार अनुसार यस पार्टीको नेतृत्व पूर्वडेमोक्र्याट एन्ड्रु याङ र न्युजर्सीकी पूर्व रिपब्लिकन गभर्नर क्रिस्टिन टड ह्वाइटम्यानले गर्नेछन्।

याङ सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याट पार्टीबाट उम्मेदवार बन्न खोजेका थिए। तर उनी बिचमै प्रतिष्पर्धाबाट बाहिरिएका थिए।


प्रतिक्रिया दिनुहोस्