सीटीईभीटीले माग्यो निःशुल्क छात्रवृत्ति कोटामा आवेदन

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  १ : २६


काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) निःशुल्क छात्रवृत्ति कोटामा आवेदन माग गरेको छ ।ले शैक्षिक सत्र २०७९र८० का लागि प्रि–डिप्लोमा तहमा सीटीईभीटीले वर्गीकृत निःशुल्क छात्रवृत्ति कोटाको लागि प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो ।

शैक्षिक सत्र २०७९र०८० मा ‘प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७९’ बमोजिम परिषद्बाट सञ्चालन सम्बन्धनरस्वीकृति प्राप्त आंगिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा निर्धारण गरिएका वर्गीकृत ९निःशुल्क० छात्रवृत्ति कोटामा भर्नाका लागि आवेदन माग गरेको हो ।

इच्छुक विद्यार्थीले साउन २९ गतेभित्र न्यूनतम योग्यता पुगेका आवेदकहरूले अनलाइनबाट प्रवेश परीक्षा शुल्क तिरी अध्ययन गर्ने शिक्षालयहरू प्राथमिकीकरण र परीक्षा केन्द्रको जिल्ला छनोट गरी फारम भर्न सूचित गरेको छ ।

निर्देशिका अनुसार प्रत्येक शैक्षिक संस्थामा अध्यापन गराउने २० स्वीकृत कोटा पाएको शिक्षण संस्थाले प्रत्येक शैक्षिक कार्यक्रममा एक, ३० सिट पाएकाले प्रत्येक शैक्षिक कार्यक्रममा दुई, ४० पाएकालेले तीन र ४८ सिट पाएका शैक्षिक संस्थाले हरेक कार्यक्रमका लागि ४ सिट छात्रवृत्तिका लागि छुट्याउनु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस्