फिलिपिन्समा ७ रेक्टर स्केलको भूकम्प

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ८ : १०


मनिला । फिलिपिन्समा ७ रेक्टरको भुकम्प गएको छ। भूकम्प जाँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ। साथै ६० जना घाइते भएका छन्।

स्थानीय समय अनुसार बुधबार बिहान ८ बजेर ४३ मिनेट जाँदा ७ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको हो। यूएस जियोलजिकल सर्भे अनुसार फिलिपिन्सको अब्रा प्रान्तस्थित हिमाली क्षेत्रलाई भूकम्पले केन्द्रबिन्दु बनाएको थियो।

भूकम्पका कारण केही भवन तथा भौतिक संरचना भत्किएका छन् भने सुनामी आउन सक्ने चेतावनी दिइएको छ। भूकम्पका कारण घाइते भएकाहरूलाई अस्पतालमा भर्ना गरिएको छ।


प्रतिक्रिया दिनुहोस्