काठमाडौंको फोहोर उठाउन सुरु

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ८ : ००


काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट फोहोर उठाउन सुरु गरेको छ।

एक हप्तादेखि नउठेको फोहोर आजबाट उठ्ने र पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने गाडीमा पुर्‍याउन महानगरले आग्रह गरेको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको हस्ताक्षरमा जारी गरिएको सूचनामा साउन ११ गते जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने सूचना प्राप्त भएको उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस्