काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणलाई राष्ट्रिय/अन्तराष्ट्रिय मुद्धा बनाएर चर्चामा आएका पत्रकार खेम भण्डारी रवि लामिछाने उठ्ने क्षेत्रबाट चुनाव लड्ने भएका छन्।
सामाजिक सञ्जाल मार्फत भण्डारीले आफ्ना एजेण्डा सहित आगामी निर्वाचनमा उम्मेद्वारी दिने जानकारी दिएका छन्।
निर्मला हत्या प्रकरणमा भिभिआईपीको हात रहेको बताउने भण्डारीले सञ्चारकर्ममा रहँदा लामिछाने पनि मतियार बनेको आरोप लगाएका छन्।