रुसमा रोवोटसँग चेस प्रतिस्पर्धाः रोवोटले भाँचिदियो ७ बर्षे बालकको औंला (भिडिओ)

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ६ : ३९


काठमाडौं। विश्वमा सूचना तथा प्रविधिले यतिबेला ठूलो फड्को मारिसकेको छ। विश्वमा यस्ता प्रविधिहरु छन् जसले मानिसको जीवन निकै सहज बनाएको छ।

प्रविधिको युगमा रोवोटहरुले मानिसहरुलाई धेरै उद्योगमा प्रतिस्थापन गरिरहेको छ।

आजभोली मानिसले गर्ने हरेक काम रोवोटले गर्न थालेको छ। यसक्रममा रुसमा चेस खेल्ने रोवोट बनेको छ।

हालै एक ७ वर्षे बालकले रुसमा बनेको रोवोटसँग चेस खेलिरहेको थियो। तर सो क्रममा रोवोटले ती बालकको एक औंला भाँचिदिएको छ।

उक्त घटनाको भिडिओ पनि सार्वजनिक भएको छ। मानिसहरुले रोवोट जति स्मार्ट भएता पनि त्यसमा भावना नभएकाले यसबाट मानिसहरु बच्नुपर्ने र यसलाई सही ढंगबाट प्रयोग गर्नुपर्ने प्रतिक्रिया दिइरहेका छन्।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्