इलोन मस्कमाथि उनकै साथीकी श्रीमतीसँग अफेयर रहेको आरोप!

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ५ : ५९


काठमाडौं। टेस्ला कम्पनीका मालिक इलोन मस्कले गुगल कम्पनीका सहसंस्थापक सर्गेइ ब्रिनकी पत्नीसँग आफ्नो सम्बन्ध रहेको भन्ने खबर झुठो भएको दाबी गरेका छन्।

मस्क र ब्रिनबीचको मित्रता मस्क र निकोल शानहनबीच रहेको कथित सम्बन्धका कारण भङ्ग भएको विवरण वाल स्ट्रीट जर्नलले प्रकाशित गरेपछि मस्कले त्यसबारे टिप्पणी गरेका हुन्।

वाल स्ट्रीट जर्नलले आफ्नो समाचार सामग्रीको लिङ्क ट्विटरमा हालेपछि त्यसमा प्रतिक्रिया दिँदै मस्कले उक्त रिपोर्टलाई पूर्णतः वाहियात भएको बताएका छन्।

ब्रिन आफ्नो साथी भएको र मित्रता कायम रहेको दाबी गर्दै मस्कले उनको पूर्व श्रीमतीसँग विरलै भेट भएको बताएका छन्।

मस्कले ट्विटरमा लेखेका छन्,‘मैले तीन वर्षमा निकोललाई जम्मा दुई पटक भेटेको छु, दुवै पटक धेरै मानिसहरू वरपरि भएको ठाउँमा।’

वालस्ट्रिट जर्नलले सोही अफेयरका कारण ब्रिन र निकोलबीच सम्बन्धविच्छेद भएको पनि दाबी गरेको छ।


प्रतिक्रिया दिनुहोस्