फिलिपिन्स अपडेटः ७.१ म्याग्निच्युडको भूकम्पमा परी ४ जनाको मृत्यु

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ५ : ०९


मनिला। फिलिपिन्समा आएको भूकम्पमा ४ जनाको मृत्यु हुनुका साथै ६० भन्दा बढी घाइते भएका छन्।

देशको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।

भकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पु¥याएको छ।

भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो। भूकम्पले हल्लाउने वित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर खाली स्थानमा पुगेका थिए।


प्रतिक्रिया दिनुहोस्