खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्पन्न

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ४ : ३२


काठमाडाैं । खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि आयोजना गरेको ५२ दिनको “द बिगेस्ट पेमेन्ट जात्रा” अफरमा सफलतापूर्वक सम्पन्न गरेको छ । जसका ५ लाख भन्दा बढी प्रयोगकर्ताले १ करोड भन्दा बढी सङ्ख्यामा कारोबार गरेको कम्पनीले जनाएको छ ।

डिजिटल भुक्तानी प्रति आकर्षित गर्ने उद्देश्यका साथ खल्तीले समय समयमा आफ्ना प्रयोगकर्ताहरूका लागि विभिन्न आकर्षक अफरहरू प्रदान गर्दै आईरहेको छ। सोहीअनुसार खल्तीले करोड बराबरको अफरको रुपमा “द बिगेस्ट पेमेन्ट जात्रा” आयोजना गरेको थियो। यो अफर अन्तर्गत खल्ती प्रयोगकर्ताहरूले सहभागिता जनाई क्यस्ब्याक तथा थुप्रै उपहारका फाइदा लिएका थिए।


प्रतिक्रिया दिनुहोस्