बुडाको रिसले ७ महिने छोरीलाई रद्दीको टोकरीमा फ्याँक्ने चिनियाँ महिला गिरफ्तार!

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ३ : ५५


काठमाडौं। चीनमा श्रीमानसँग झगडा परेपछि एक महिलाले सात महिने छोरीलाई रद्दीको टोकरीमा फ्याँकेकी छिन्।

झेजियाङ प्रान्तकी ती महिलाले श्रीमानसँग रिस उठेपछि छोरीलाई बाहिर रहेको रद्दीको टोकरीमा फ्याँकिदिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यो घटना यसैहप्ताको आइतबारको भएको प्रहरीको भनाइ छ। सार्वजनिक सीसीटीभी फुटेजमा ती महिलाले छोरीलाई फोहोर फ्याँक्ने ठाउँमा फ्याँकेको प्रस्ट देखिन्छ।

सो समयमा त्यहाँको तापक्रम ४० डिग्री सेल्सियस भएको बताइएको छ। ती महिलाले छोरीलाई त्यहाँ राखेर फोटो खिचेको बताइएको छ। त्यो फोटो उनले श्रीमानलाई पठाएका थिए।

प्रहरीका अनुसार ती महिलाले छोरीलाई फोहोर फ्याँक्ने ठाउँमा फ्याँक्ने उद्देश्य राखेकी थिइनन्। श्रीमानलाई धम्की दिन उनले त्यसो गरेकी थिइन्।

यद्यपी यो घटनाले चीनभर ती महिलाको चर्को रुपमा आलोचना भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्