बैतडी। जंगली विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँचजना बालबालिका बिरामी परेका छन्।
मेलौली नगरपालिका–५ खलीगाडमा एकै परिवारका ५ जना बालबालिका बिरामी परेका हुन्।
बिरामी पर्नेमा सुनिता जोशी, सविता जोशी, किरन जोशी, सोनिया जोशी र दिव्या जोशी छन्। सबै १० बर्ष मुनी उमेर समुहका रहेका छन।
च्याउँ खाएर बिरामी परेका सबै ५ जनालाई केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिएका छन्। उनका अनुसार मंगलबार बिहान जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाएपछि उनीहरु बिरामी परेका थिए।
च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थाले पछि नै उनीहरूलाई स्वास्थ्य केन्द्र लगिएको थियो।