२२४ जना जिल्ला न्यायाधीशको सरुवा

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ७ : ११


काठमाण्डौँ । न्याय परिषदले जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको परिषदको बैठकले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो।

जिल्ला अदालत काठमाडौंको न्यायाधीशमा दीपककुमार पोखरेललाई सरुवा गरिएको छ। उनी यसअघि महोत्तरी जिल्ला अदालतमा कार्यरत थिए।

यस्तै, जिल्ला अदालत चितवनमा कार्यरत केशवप्रसाद अधिकारी र तनहुँ जिल्ला अदालतमा कार्यरत वासुदेव पौडेल पनि काठमाडौंमा सरुवा भएका छन्।

न्यायाधीश दीपक खनाल, कास्की जिल्ला अदालतका डण्डपाणि शर्मा, बारामा कार्यरत दयाराम ढकाल र ईश्वरीप्रसाद गौतम, जिल्ला अदालत दाङका हिमलाल बेल्वासे, स्याङ्जामा कार्यरत सूर्यबहादुर थापा पनि काठमाडौंको न्यायाधीशमा सरुवा भएका छन्।

झापाका नारायणप्रसाद पराजुली, बारका प्रकाशप्रसाद पण्डित, मोरङका किशोर घिमिरे, सप्तरीका नारायणप्रसाद दाहाल, पर्साका नारायणप्रसाद शर्मा, झापाका शंकरबहादुर राई, बाँकेका दुर्गाबहादुर भुसाल, रुपन्देहीका दीपक ढकाल र कमलप्रसाद ज्ञवाली, धनुषाका केशवप्रसाद घिमिरे, पर्साका माधवप्रसाद मैनाली र प्रमप्रसाद न्यौपाने पनि काठमाडौं सरुवा भएका छन्।

यस्तै झापाका विनोद खतिवडा, बाजुराका माधवप्रसाद घिमिरे, मनाङका चन्द्रप्रकाश तिवारी र चितवन जिल्ला अदालतकी न्यायाधीश शकुन्तला कार्की पनि जिल्ला अदालत काठमाडौंमा सरुवा भएका छन्।


प्रतिक्रिया दिनुहोस्