‘मेरो बीमा’ को प्रधान कार्यालयको उद्घाटन, बीमा क्षेत्रमा क्रान्ति गर्ने

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ६ : १३


काठमाण्डौँ । मेरो बीमाको प्रधान कार्यालयको उद्घाटन भएको छ । गत मंसिर ३ गते संस्थागत अभिकर्ताको काम सुरू गरेर अघि बढेको बीमा कम्पनी मेरो बीमाको सोमबार काठमाण्डौँमा प्रधान कार्यालयको उद्घाटन भएको हो । बिमा विज्ञ तथा संस्थापक अध्यक्ष कोषराज सुवेदीले रिवन काटेर कार्यालयको उद्घाटन गरेका थिए । यद्यपी कम्पनीले गतिविधि भने गरिरहेको थियो ।

उद्घाटनसंगै कम्पनीले बीमा क्षेत्रमा क्रान्ति ल्याउने उद्घोष गरेको छ । संस्थापक अध्यक्ष सुवेदीले अब बिमाका सम्पूर्ण काम अनलाइनबाट हुने बताउँदै “मेरो बीमा” नामक अनलाइन पोर्टलको पनि शुभारम्भ गरे । अनलाइनबाटै अभिकर्ता तथा सेवाग्राहीलाई सेवा सुविधा प्रदान गर्ने काम नेपालमै पहिलो भएको उनको दावी छ । आफूले २१ बर्षसम्म बीमा क्षेत्रमै योगदान दिएको र नेपालका मानिएका बीमा कम्पनीको माथिल्लो पदमै बसेर काम गरेको हुनाले सबैको अनुभवबाट अब बीमा क्षेत्रमा नविनतम र क्रान्तिकारी काम गर्ने उनले दावी गरे ।

उद्घाटन समारोहमा कम्पनीका सिईओ शंकर बहादुर घिमिरले बीमा आफैमा समाजसेवा भए पनि आयआर्जनमा पनि क्रान्ति ल्याउने गरी योजना बनाइरहेको बताए । अझै पनि नेपाली समुदायमा बीमाप्रतिको उदार धारणा नभएकाले बीमा गराउने भन्दा पनि बुझाउने अभियान आफूहरुले चलाउने उनले बताए ।

प्रत्येक पाइलामा मानिस जोखिममा रहेको हुँदा बीमा गर्ने मानिसले सधैँ जित्ने उनको भनाई छ । कम्पनीमा ३० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ । अब देशभर शाखा विस्तार गर्ने योजनामा कम्पनी रहेको सुवेदीले दैनिक अनलाइनसंग बताए ।


प्रतिक्रिया दिनुहोस्