युरो सेमिफाइनलः आज राति स्विडेन र इंग्ल्यान्डको भीडन्त

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ४ : ५९


काठमाडौं । युरो २०२२ को पहिलो सेमिफाइनल खृल आज राति हुँदै छ । सेफिल्ड युनाइटेडको मैदान ब्रामल लेनमा नेपाली समय अनुसार राति पौन एक बजे खेल सुरु हुने खेलमा इंग्ल्यान्डले स्विडेनको सामना गर्दैछ । स्विडेनले एकपटक युरो विजेता हो भने इंग्ल्यान्ड पहिलोपटक फाइनलमा पुग्न चाहान्छ ।

त्यसैले आजको भीडन्त इंग्ल्यान्डको लागि इतिहास रच्ने दाउ हुने छ । यी दुई टिमबीच अहिलेसम्म भएका २६ खेलको जित हाँकडा हेर्ने हो १५ पटक स्विडेन विजयी भएको छ भने इंग्ल्यान्डले जम्मा ३ पटक जितेको छ । अरु खेल बराबरीमा सकिएका छन् । स्विडेनले एकपटकको विजेता हो भने १९८७, १९९५ र २००१ को उप विजेता टिम पनि हो ।

इंल्यान्डले समूह चरणमा नर्वेलाई ८–० ले हराएको थियो भने कडा प्रतिस्पर्धी स्पेनलाई पराजित गरेको थियो भने सेमिफाइनलमा बेल्जियमलाई हराएको थियो । अहिलेसम्म प्रदर्शन गरेको खेलको आधारमा स्विडेन भन्दा इंग्ल्याण्ड बलियो देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्