सिद्धार्थ बैंकका ग्राहकहरुलाई नोभा अस्पताल प्रा. लि. मा २०% सम्मको छुट

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ४ : ४८


काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेड र धनगढी स्थित नोभा अस्पताल प्रा. लि. बीच बैंकका ग्राहकलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सुदुरपश्चिम प्रदेश प्रमुख पवन चन्द्र अधिकारी तथा नोभा अस्पताल प्रा. लि. का तर्फबाट प्रशासन अधिकारी सुमन भट्ट पनेरुले हस्ताक्षर गरिन ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले नोभा अस्पताल प्रा. लि. मा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन ।

यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्