डुंगामा सवार महिलालाई सेलफिसले पानी बाहिर गएर आक्रमण गर्यो, घाइते भइन् उनी

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ३ : १७


न्युयोर्क। विश्वास गर्नुहोस् वा नगर्नुहोस् एउटा १०० पाउन्डको सेलफिस ‘लामो र तिखो चुच्चो’ भएको समुद्री माछा पानीबाट बाहिर निस्केर एक महिलालाई आक्रमण गरेको छ।

अमेरिकाको फ्लोरिडामा माछा मार्ने डुंगामा सवार मेरील्याण्डकी ७३ वर्षीया महिलालाई सेलफिसले आफ्नो चुच्चो धसेर घाइते बनाएको हो।

मार्टिन काउन्टी शेरिफको कार्यालयको रिपोर्टअनुसार महिलालाई गत मंगलबार माछाको तिखो चुच्चोले धसेको थियो।

उनीसँग दुई जना पुरुषहरू पनि डुंगामा सवार थिए। सेलफिस इस्टियोफोरस जीनसमा रहेका समुद्री माछाका दुई प्रजाति अन्तर्गत पर्छन्। उनीहरु निलादेखि खैरा सम्म हुन्छन्। उनीहरूको विशेषतः ठूलो पखेटा हुन्छ, जसलाई पछाडिको भागसम्म फैलाउन सक्छन्।

लामो र तिखो चुच्चो सेलफिसको अर्को महत्वपूर्ण विशेषता हो। सेलफिसलाई समुद्रको सबैभन्दा छिटो प्रजातिको माछा बताइन्छ।


प्रतिक्रिया दिनुहोस्