चीन र भारतबीच सिमानामा तनाव जारी, तर लगातार बढिरहेछ व्यापार

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १ : २५


काठमाडौं। भारत र चीनबीच सन् २०२० यता लगातार सीमा विवाद जारी छ। सो मुद्दा अझै समाधान हुन सकेको छैन।

यसै महिना जुलाई १७ तारिखमा पनि चीन र भारतका सैन्य कमाण्डरबीच १६ औं चरणको वार्ता सम्पन्न भएको छ। यद्यपी पूर्वी लद्दाख क्षेत्रको सिमांकन नगरिएको सीमा क्षेत्र एलएसीमा गतिरोध जारी छ।

दुवै देशका सेना जस्तोसुकै अवस्था निम्तनसक्ने भएकाले पूर्ण रुपमा तयारी अवस्थामै छन्। तर विज्ञप्तीमा भने दुवै देश वार्तामार्फत् नै समाधान चाहने बताउँछन्।

दुईवर्ष अगाडि लद्दाख नजिकैको विवादित सीमा क्षेत्र एलएसीमा पर्ने गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच हिंस्रक झडप भएको थियो। त्यसबेला २० भारतीय सेना र ६ चिनियाँ सेनाले ज्यान गुमाएका थिए।

लाइन अफ एक्चुअल कन्ट्रोल एलएसी भारत र चीनबीचको सो सीमा क्षेत्र हो जसको पूर्ण रुपमा सिमाकंन भएको छैन। जसकारण त्यहाँका विभिन्न क्षेत्रमा भारत र चीन आफ्नो दाबी प्रस्तुत गर्दछन्।

Iron rods, spiked nail sticks: With Chinese PLA's savagery at its peak,  Indian Army is rethinking the no-guns treaty

सिमांकन नभएता पनि दुवै देशबीच यो सम्झौता भएको छ कि सो क्षेत्रमा दुवै देशका सेना जान पाउँदैनन् सो क्षेत्रमा गोलाबारी गर्न पाउँदैनन्। तर बारम्बार दुवै देशका सेना सो क्षेत्रमा घुस्ने गरेकाले त्यहाँ झडप हुँदै आएको हो।

सन् २०२० मा सो क्षेत्रमा गोलाबारी त भएको थिएन तर दुवै देशका सेना ढुंगा, भालासहित झडपमा उत्रिएका थिए।

अहिले १६औं चरणको वार्ता सम्पन्न भइसक्दा पनि दुवै देशका सेनाले एक–अर्कालाई एलएसीको विभिन्न हिस्सामा सेना तैनाथ गरेको आरोप लगाउने गर्दछन्।

Despite border tensions, boycotts and bans, India-China trade grew to  record $125 billion in 2021 - India News

सिमानामा तनाव, तर व्यापार बढ्दै
सिमानामा गतिरोध जारी रहेता पनि चीन र भारतबीचको व्यापारिक सम्बन्ध भने बढ्दै गइरहेको छ। व्यापारिक तथ्यांकलाई हेर्दा त यतिबेला भारत र चीनको सम्बन्ध उच्च स्तरमा छ।

व्यापारिक दृष्टिकोणले हेर्दा भारत र चीनबीच सीमा विवाद जारी छ जस्तो देखिँदैन। भारतको वाणिज्य एवं उद्योग मन्त्रालयको तथ्यांकअनुसार यो प्रस्ट हुन्छ कि चीनको निर्यात भारतमा लगातार बढिरहेको छ।

मन्त्रालयको रिपोर्टअनुसार आर्थिक वर्ष सन् २०२१–२०२२ सम्म यी दुई देशबीच ११५ अर्ब अमेरिकी डलरको व्यापार भएको छ। यो पछिल्लो वर्षको भन्दा बढी हो। गतवर्ष चीन र भारतबीच मात्र ८६ अर्ब अमेरिकी डलरको कारोबार भएको थियो।

योसँगै चीनबाट भारतको आयात पनि बढेको छ। यसवर्ष भारतले चीनबाट ९४ अर्ब डलरको सामग्री आयात गरेको छ। गतवर्ष भारतले मात्र ६५.३ अर्ब डलर आयातमा खर्च गरेको थियो।

Indian National Congress turns 134 years of age

राजनीतिक प्रतिक्रिया
यसरी सीमा क्षेत्रमा विवाद जारी रहँदा पनि भारतले चीनसँग व्यापारीक सम्बन्ध बढाउँदै लगेपछि भारतका विपक्षी पार्टीहरु प्रधानमन्त्री नरेन्द्र मोदीसँग भड्किएका छन्।

यस विषयमा मोदीलाई निशाना साँध्दै भारतको मुख्य विपक्षी पार्टी काँग्रेस आई भन्छ,‘उता भारत र चीनका सेना हतियार लिएर सीमामा आमने–सामने भएका छन्, उता मोदी दुवै देशको व्यापारिक सम्बन्धलाई सुमधुर बनाइरहेका छन्।’

काँग्रेस थप भन्छ,‘चीनले सीमा क्षेत्रमा हामीलाई धम्की दिइरहेको छ। प्रधानमन्त्रीले भने चीनलाई चुनौती दिन छाडेर उसैसँग अरबौंको व्यापार गरिरहेछन्।’

भारतीय प्रधानमन्त्रीले ल्याएको नारामध्ये चर्चित नारा हो ‘आत्मनिर्भर–भारत’। आलोचकहरुले मोदीले अब आत्मनिर्भर भारतको नभएर ‘चीन–निर्भर’को नारा लगाउनुपर्ने बताएका छन्। बीबीसीहिन्दीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्