भारतमा घरेलु मदिरा सेवनबाट २४ जनाको मृत्यु, ४० भन्दा बढी गम्भीर बिरामी

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ११ : ५७


काठमाडौं। भारतको गुजरातमा घरेलु मदिरा सेवनबाट २४ जनाको मृत्यु भएको छ भने अन्य ४० भन्दा बढी गम्भीर बिरामी परेका छन्।

प्रहरीका अनुसार घरमै बनाइएको उक्त मदिरा विषाक्त थियो जसका कारण २४ जनाले ज्यान गुमाए।

हाल बिरामी भएकाहरुहको भावनगर, बोटाद र अहमदावादका अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

प्रहरीले अहिलेसम्म उक्त विषाक्त मदिरा बेच्ने पाँच जनालाई गिरफ्तार गरिसकेको छ। भारतमा सस्तो घरेलु मदिरा पिउँदा वर्षेनी सयौंले ज्यान गुमाइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्