चितवनको नारायणघाट देखि गोलाघाट सम्म एनओजी राइड सम्पन्न

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : ४४


काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाट देखि गोलाघाटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

हिजो ८ गते आइतबार आयोजना भएको यस राइड चितवनको नारायणघाटबाट शुरु भएर गोलाघाटसम्म पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।

करिब ६० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्