यू-२० साफ च्याम्पियनसिप फुटबलः माल्दिभ्समाथि नेपालको ४-०को जित

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ७ : २३


काठमाण्डौँ । सोमबारबाट भारतमा सुरु भएको साफ यू(२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले सानदार सुरुवात गरेको छ।

उद्घाटन खेलमा नेपालले माल्दिभ्समाथि फराकिलो जित निकालेको हो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालसामु माल्दिभ्सलाई ४ ० गोलले नििरह बन्यो। अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो।

माल्दिभ्सविरुद्ध नेपाललाई सहज जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे।

खेलको पहिलो हाफमा २ र दोश्रो हाफमा थप दुई गोल गर्न नेपाल सफल भयो।

माल्दिभ्सले पाएका गोलका अवसर खेर फाल्दा पराजित भएको थियो। जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ।

अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग बुधबार खेल्नेछ। त्यस्तै भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन्।


प्रतिक्रिया दिनुहोस्