किन अन्तरिक्षमा हस्तमैथुन गर्नु हुँदैन, वैज्ञानिक यसो भन्छन्…

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ५ : ५८


काठमाडौं। अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा हस्तमैथुन नगर्न चेतावनी दिइएको छ।

विश्वभरका अन्तरिक्ष यात्रीहरुलाई त्यस्तो कार्य नगर्न चेतावनी दिइएको न्युयोर्क पोस्टले जनाएको छ।

नासाका वैज्ञानिक तथा इन्जिनियर स्मिथले अमेरिकी संचारकर्मी कोनान ओ’बे्रनसँगको अन्तर्वार्तामा अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा हस्तमैथुन गर्ने अनुमती नदिइएको बताएका हुन्।

उनका अनुसार हस्तमैथुन गर्दा झरेको विर्यका कणहरु स्पेसस्टेसनमा खस्न सक्छन् जसले त्यहाँ रहेका महिला अन्तरिक्ष यात्रीहरू गर्भवती हुनसक्छ।

अन्तरिक्ष शुन्य गुरुत्वाकर्षण भएको क्षेत्र हो। त्यसकारण त्यहाँ विर्य हावामा उड्छ। त्यस्ता चिजलाई सहजै डिस्पोज गर्न नसकिने भएकाले त्यसले महिलालाई गर्भवती बनाउनसक्ने स्मिथको भनाइ छ।

यस्तै उनले अन्तरिक्षमा यौन सम्पर्क गर्न नसकिने पनि बताएका छन्।

Masturbation in space: Astronauts are forbidden to masturbate! 3 people at  once in space… | Astronauts warned not to masturbate in space as one  session can impregnate 3 females LNU News | LNU News


प्रतिक्रिया दिनुहोस्