अमेरिकी क्षेप्यास्त्रको आक्रमणमा परी दुई शीर्ष रुसी सैन्य पाइलटको मृत्यु

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ५ : ३०


काठमाडौं। रुसका दुई शीर्ष सैन्य पाइलटको युक्रेनमा मृत्यु भएको छ।

युक्रेनी सेनाले हानेको हिमार्स क्षेप्यास्त्रमा परी उनीहरुको मृत्यु भएको वासिङ्टन पोस्टले जनाएको छ।

खबरअनुसार ४१ वर्षे माक्सिम पोटीमिन र ५४ वर्षे कर्णेल एनाटोली स्टास्युकिभिचको गत जुलाई आठमा युक्रेनको डोनेट्स्क क्षेत्रमा मृत्यु भएको हो।

खबरअनुसार यी पाइलटहरु कारमा यात्रा गरिरहेका थिए। युक्रेनले हानेको क्षेप्यास्त्र अमेरिकामा बनेको हो।

रुसविरुद्धको युद्धमा अमेरिकाले प्रत्यक्ष रुपमा युक्रेनको सहयोग गरिरहेको छ। उसले हतियारसहित मानवीय सहायता सामग्री युक्रेनमा पठाएको छ।

युक्रेनको समर्थन गर्दै पश्चिमा राष्ट्रका शीर्ष नेताहरु युद्धग्रस्त क्षेत्रमै पुग्न भ्याएका छन्।

अमेरिका, बेलायत लगायत पश्चिमा राष्ट्रले लगातार हतियार दिइरहँदा युक्रेनले रुसको कडा प्रतिकार गर्न सफल भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्