सीसीटिभी फुटेज प्रकरणः प्रहरीले संसदीय समितिलाई बुझायो हार्ड डिस्क

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ५ : ०२


काठमाडौं । नेपाल प्रहरीले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज संगृहीत हार्ड डिस्क परीक्षण गरी संसदीय छानबिन समितिलाई ल्याब रिपोर्ट बुझाएको छ।

सो रिपोर्टबारे भोलि छलफल हुने बताइएको छ।

सीसीटिभी फुटेज प्रकरणबारे संसदीय विशेष छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासगँ बयान लिइसकेको छ।

निवर्तमान अर्थमन्त्री शर्मामाथि बजेट सार्वजनिक हुने अघिल्लो रात गत १४ जेठमा ‘अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराई करका दर हेरफेर गरेको’ आरोपमा समिति गठन भएको थियो।

उनीसँग बयान लिनुअघि समितिले अर्थ मन्त्रालय पुगेर ‘सीसीटभी फुटेज प्रकरणबारे जानकारी लिएको थियो।

समितिले अर्थ मन्त्रालयमा प्राप्त सीसीटीभी फुटेज ‘रिकभरी’का लागि नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो।


प्रतिक्रिया दिनुहोस्