प्रधानमन्त्रीसंग चुनाव लड्ने घोषणा गरेका सागर लागे डडेल्धुरा

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ४ : ५१


काठमाण्डौँ । प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्लाबाट चुनाव लड्ने घोषणा गरेका ३२ बर्षिय सागर ढकाल डडेल्धुरा प्रस्थान गरेका छन् । चुनावको तयारिको लागि भन्दै उनी नाइट बस चढेर डडेल्धुरा प्रस्थान गरेका हुन् । सामाजिक संजाल फेसबुकमार्फत् सन्देश लेख्दै उनले बससहितको तस्विर पनि सार्वजनिक गरेका छन् ।

उनी लेख्छन् ‘चुनावको तयारीको लागि नाइट बसमा डडेलधुरातिर लागियो । म जहा जान्छु, चाहे त्यो नेपाल होस् या सुडान या किर्गिस्तान, ४–६ महिनामा सफल काम गर्ने मोडेल बनाएर छोडेको छु। यो पनि त्यहि प्रयासको एक अंश हो। हामीले सकेको कम भन्दा कम खर्च गर्ने प्रयास गर्ने छौँ। हेलिकप्टर र गाडिका ताँती छोडेर मोटरसाइकल र साइकल मात्र प्रयोग गर्नेछौ। ठुला–ठुला सभा हलका भाषण सुन्ने कार्यक्रम पुर्ण रुपमा छोडेर चौपारि वा सडकमा, पानिसंगै रुझेर, बसेर आमाबुवा, छोराछोरी र साथिहरू संग भालाकुसारि गर्नेछौ। घोषणापत्र होइन कार्यान्वयन पत्र छिट्टै सार्वजनिक गर्नेछौ ।’

उनले यस्तै खालको लामो सन्देश लेख्दै अबको २–३ महिनामा संभावित प्रधानमन्त्री सहित चिन र सिंगापुरका जस्ता नेता १६५ क्षेत्रमा पठाउने बताएका छन् । अर्को पटक डडेलधुरा जाँदा चुनावको मिति सार्वजनिक हुनेमा आफू विश्वस्त रहेको उनले लेखेका छन् । उनी थप्छन् ‘मेरो प्रतिस्पर्धि सम्मानित प्रधानमन्त्री शेरबहादुर हजुरबुवासंग डडेलधुरा लोकल नाइट बसमा (सुरक्षित बनाएर) हात समाएर नातिसंगै जान यहि पोस्ट मार्फत हजुरबुवालाइ अनुरोध गर्न चाहन्छु ।’


प्रतिक्रिया दिनुहोस्