पञ्जावका मुख्यमन्त्री भन्थेः पवित्र खोलाको पानी पिउँदा आनन्द आउँछ, अहिले बिरामी परे!

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ४ : ३३


काठमाडौं। पञ्जावका मुख्यमन्त्री भगवान्त मन हालै सुल्तानपुर लोधीमा रहेको पवित्र खोला काली बेन पुगेका थिए।

उनले त्यहाँका जनतालाई सम्बोधन गर्दै पवित्र खोला काली बेनको पानी पिउँदा मनलाई आनन्द हुने बताएका थिए। उनले पवित्र खोलाको पानी पिउँदा स्वास्थ्यमा असर नगर्ने पनि बताएका थिए।

उनले मानिसहरुको अगाडि गिलासले पानी उघाउँदै पिए पनि। यतिबेला भने उनी बिरामी परेका छन्। पेट गडबडीपछि उनलाई दिल्लीको इन्द्रप्रस्थ अपोल्लो अस्पताल भर्ना गरिएको छ।

गत मंगलबार राति पेट मज्जाले दुखेपछि उनी अस्पताल गएका थिए।

भगवान्त मन भारतको सानो तर लोकप्रिय पार्टी आम आद्मीको तर्फबाट पञ्जावको मुख्यमन्त्री बनेका हुन्।


प्रतिक्रिया दिनुहोस्