प्रधानमन्त्री सहभागी कार्यक्रममा आन्दोलन गर्ने युवकलाई बाहिर निकालियो

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ४ : ३४


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा आन्दोलन गर्ने युवकलाई कार्यक्रमबाट निकालिएको छ।

‘नागरिकता विधेयक खारेज गर’ भन्दै नाराबाजी गर्ने युवकलाई प्रधानमन्त्रीका सुरक्षागार्डले बाहिर निकालेका छन्।

कमलादिस्थित प्रज्ञाभवनमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्री सहभागी छन्।

त्यहाँ नागरिकता विधेयक खारेज गर, एमसीसी मुर्दाबाद,देउवा मुर्दाबाद,राष्ट्रियताको रक्षा गरौं भन्दै होहल्ला भएपछि एक युवकलाई बाहिर निकालिएको हो।


प्रतिक्रिया दिनुहोस्