काठमाडौं। भारतीय अभिनेता रणविर सिंहले हालै एक अखबारको लागि न्युड फोटोसुट गरेका छन्।
यतिबेला उनको नग्न फोटोसुटको तस्बिरहरु सामाजिक संजालमा सार्वजनिक भएका छन् जसले यतिबेला भारतीय इन्टरनेटमा तहल्का पिटिरहेको छ।
उनले आफूलाई न्युड फोटोसुट गर्दा लज्जाबोध नभएको समेत बताएका छन्।
उनले आफूले त्यस्तो तस्बिर खिचाउनको उदेश्य पप आइकन बर्ट रेनल्डलाई सम्मान र श्रद्धाञ्जली प्रदान गर्नु रहेको बताएका छन्।
सन् १९७२ मा पप संगीतका चर्चित व्यक्रि रेनल्डले पनि नग्न फोटोसुट गरेका थिए।
रणविर सिंहको यतिबेला ट्रोलसँगै प्रशंसा पनि उत्तिकै भइरहेको छ।
उनलाई आदिम मानव भन्दै ट्रोल गरेको पाइएको छ। ट्रोलका फोटोहरु बनाइएका छन् जहाँ उनलाई मादिम मानवसँगै अन्य रमाइलो उपमा दिइएको छ।