श्रीलंकामा प्रदर्शनकारीले कब्जा गरेको राष्ट्रपति भवन आजबाट खुल्दै

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  २ : ५७


कोलम्बो। श्रीलंकामा प्रदर्शनकारीले घेराबन्दी गरेको राष्ट्रपति कार्यालय आज सोमबारबाट पुनः खुल्ने भएको छ।

केही दिनअघि सरकारले सेनाको बल प्रयोग गरेर राष्ट्रपति कार्यलय परिसरबाट सरकार विरोधी प्रदर्शनकारीहरूलाई हटाएको थियो।

सरकारको उक्त कदमको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको छ।

प्रदर्शनकारीहरूले यसै महिनाको सुरुमा देशको आर्थिक संकटलाई लिएर तीब्र आक्रोशबीच प्रदर्शनकारीले उपनिवेशकालिन उक्त भवनलाई कब्जामा लिएका थिए। प्रदर्शनकारीले भवन कब्जा गर्नुअघि राष्ट्रपति राजापाक्षे त्यहाँबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुगेका थिए।

गोटाबायाका उत्तराधिकारी रनिल विक्रमासिंघेले ९२ वर्ष पुरानो उक्त एतिहासिक भवन खाली गर्न सेनालाई आदेश दिएका थिए।

राष्ट्रपति विक्रमासिंघेले आदेश दिएको २४ घन्टाभित्रै सेनाले उक्त भवनबाट प्रदर्शनकारीलाई हटाएको थियो।

निशस्त्र प्रदर्शनकारीहरूविरुद्ध बल प्रयोग गरेको भन्दै पश्चिमी देशहरू, संयुक्त राष्ट्र र मानवअधिकार संगठनले विक्रमासिंघको आलोचना गरेका छन्।


प्रतिक्रिया दिनुहोस्