ओप्पोको नयाँ स्मार्टफोन ओप्पो ए५७ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १ : ४५


काठमाडौँ । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए५७ नेपाली बजारमा सार्वजनिक गरेको छ । फोन बजारमा सार्वजनिक गर्न पाउँदा कम्पनीले खुसी व्यक्त गरेको छ ।

ओप्पो ए५७ आकर्षक ड्याजलिङ ओप्पो ग्लो डिजाइन, उत्कृष्ट सुविधा र विश्वसनीयताका साथ मिडरेन्ज फोन प्रयोगकर्ताहरुलाई चकित पार्ने बनाइएको दाबी गरिएको छ ।

ओप्पो ए५७ को ३३डब्लू सुपरभोक चार्जिङ र उच्च क्षमताको ५००० एमएएच् लङ–लास्टिङ ब्याट्रीले उल्लेखनीय शक्ति र छिटो चार्जिङका साथ प्रयोगकर्ताहरूको दैनिक ब्याट्रीको चिन्ता हटाउँछ ।

प्रयोगकर्तारुले ६.५६ ईन्च कलर–रिच डिस्प्लेमा उनीहरूको मनपर्ने कार्य र आनन्द लिन सक्छन्, जबकि आकर्षक अल्ट्रा–लिनियर स्टेरियो स्पिकरहरूले मनोरञ्जन अनुभवलाई अझ बढाउँछ । १३ एमपी रियर क्यामेराको नाइटस्केप मोड फिल्टरहरू र ८ एमपी फ्रन्ट क्यामेरा सेल्फीहरूको लागि एआई पोर्ट्रेट रिटचिङले कलात्मकता थप्छ र प्रयोगकर्ताहरूलाई फोटोको रूपमा मनमोहक सम्झनाहरू खिच्दा उनीहरूको आफ्नै रचनात्मकता अँगाल्न मद्दत गर्दछ ।

ओप्पो ग्लो डिजाईन अन्तर्गत ओप्पो ए५७ को पछाडिको भागलाई नैनो क्रिस्टलले ढाकेको छ । यसमा प्रकाश पर्न साथ यी नैनो क्रिस्टलहरु ताराहरूको आकाशगंगा जस्तै चम्किन्छन् र ओप्पो ग्लो डिजाइनको उत्कृष्ट फिंगरप्रिन्ट र स्क्र्याच प्रतिरोधले यो आकर्षक सुन्दरतालाई स्थायी बनाउँछ । ग्लोइंग ग्रीन फिनिशले बोल्ड र युवाहरुलाई आकर्षित गर्ने रंग ल्याउँछ र ताराहरूलाई चम्किलो पन्नामा परिणत गर्दछ । ग्लोइंग ब्ल्याकमा अन्तहीन रातको आकाशको सम्झना दिलाउने म्याट फिनिश छ ।

टुडी बडी डिजाइनले ७.९९ मिमी अल्ट्रा–थिन फ्रेम सिर्जना गर्न फोनको चौडाइलाई घटाउँछ जसले ओप्पो ए ५७ लाई उच्च पोर्टेबिलिटी प्रदान गर्दछ र यसलाई ह्यान्डल गर्न अझ सजिलो बनाउँछ । यो स्मार्टफोन आईपीएक्स४ वाटर रेसिस्टेन्स भएकाले प्रयोगकर्ताहरूले वर्षाका दिनहरूमा फोन प्रयोग गर्ने बारे चिन्ता लिनु पर्दैन ।

ओप्पो ए ५७ को स्थायी गुणस्तर १३० भन्दा बढी कठोर परीक्षण र ३२० विस्तृत परीक्षण चरणहरू समावेश गरी ड्रप, वाटर रेसिस्टेन्स, रेडिएसन, एम्बियन्ट ईनभारोमेन्ट र सिग्नल इन्टरफेरेसन सहित ६ प्रमुख परीक्षण क्षेत्रमा प्रमाणित छ । पावर थिच्ने बटनहरू ओप्पोको विश्वव्यापी परीक्षण प्रयोगशालाहरूमा ६ दिनमा ५००,००० पटकसम्म फोनले वर्षौंको वास्तविक–विश्व प्रयोगको सामना गर्ने सुनिश्चित गर्न १०,००० हेडफोन सकेटहरूमा प्लग गरि परीक्षण गरिएको छ ।

ओप्पो ए५७ नेपालमा ९ साउनदेखि ओप्पो ग्लो डिजाइन फिनिस सहित ग्लोइंग ग्रीन र ग्लोइंग ब्ल्याक कलरमा उपलब्ध छ । यसबाहेक, यसमा ४ जिबी रोम +६४ जिबी ¥याामसहित ४ जिबी विस्तारित र्याम सफ्टवेयर सहित उपलब्ध छ । यो फोन रु. २३,४९९/- मा बजारमा उपलब्ध छ ।


प्रतिक्रिया दिनुहोस्