भारतको १५ औं राष्ट्रपति बनेकी द्रौपदी मुर्मुले सपथ लिइन्

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १ : ००


नयाँ दिल्ली। भारतमा राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मुले आज पद तथा गोपनियताको सपथ लिएकी छिन्।

मुर्मुले सोमबार बिहान सवा दश बजे एक विशेष समारोहबीच पद तथा गोपनियताको सपथ लिएकी हुन्।

प्रधानन्यायाधीश एनभी रमानाले उनलाई राष्ट्रपतिको पद तथा गोपनियताको सपथ गराएका थिए।

६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन्। उनी भारतका १५औँ राष्ट्रपति हुन् ।


प्रतिक्रिया दिनुहोस्