विप्लव सहित ४ पार्टीले रणनीतिक संयुक्त मोर्चा बनाउने

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ९ : ०९


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले कार्यगत एकतालाई रणनैतिक संयुक्त मोर्चाको तहसम्म विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन। वैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी, नेपालको केन्द्रीय कार्यालय थापागाउँमा आज बसेको बैठकले सो निर्णय गरेको हो।

यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती , नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकी‘शुसिल’ द्वारा जारी संंयुक्त विज्ञप्तिमा भनिएको छ–“आज मिति २०७९ साउन ८ गते वैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी, नेपालको केन्द्रीय कार्यालय थापागाउँमा हामी चार कम्युनिष्ट पार्टीको बैठक बस्यो। बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न यो संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ।


प्रतिक्रिया दिनुहोस्