क्लास्सिक टेकले नेपालभरी थप ३ सय फाइबर प्राविधिक कर्मचारी नियुक्त गर्दै

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ८ : २८


काठमाडौँ l क्लास्सिक टेकले देशै भरि थप ३ सय नयाँ प्राविधिक कर्मचारी नियुक्त गरेको छ । वर्षा मौसम मा धेरै फाइबर सम्बन्धी समस्या आउने र कर्मचारी पानीको कारणले बिधुत पोलमा चडेर काम गर्न नमिल्ने भएकोले र बढ्दो ग्राहक लाई सुबिधा दिन प्रतिक्रियाको अनुमानित समय भित्र काम गर्न कम्पनीले यो धेरै संख्या मा कर्मचारी नियुक्त गरेको हो ।

अब क्लास्सिक टेकको १०३ आउटलेट संगै रहेका आफ्ना प्रयोगकर्ता हरुकोलागी सपोर्टको पहुच बढाएको छ । जसले गर्दा छिटो प्राविधिक सहायता दिन मद्दत पुर्याउने छ भने मर्मत मा लाग्ने समय पनि घटेर छिटो छरितो रुपमा सेवा प्रदान गर्न थप मद्धत पुग्ने कम्पनीको भनाइ छ ।

यसका साथै क्लास्सिक टेकले आफ्नो आइपीटिभिटी पनि अपडेट भर्सन १.१.२ ल्याएको छ । १०० भन्दा बढी एचडी च्यानेल र १०० एसडी च्यानेलहरुमा पनि नया फिचर ल्याएको छ । जसले गर्दा टिवीमा हेर्दाको अनुभवलाई अझै राम्रो बनाउने छ ,बफरिङ मुक्तहरुको समाधान गर्ने कम्पनी ले बताएको छ ।

यो संगै कम्पनीले आउने दिनमा आफ्नो नेटवर्क नेपालको दुर्गम क्षेत्रमा विस्तार गर्दै जाने र ग्राहकलाई राम्रो इन्टरनेट नियुम्तम मूल्य मा दिने रहेको छ । यसमा थप जानकारी को लागि www.classic.com.np बाट लिन सकिने छ वा ९८०१००४४७७ मा जानकारी लिन सकिने छ ।


प्रतिक्रिया दिनुहोस्