सिप्रदी-लोकोन्याभ बजारमा

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ८ : ०८


काठमाडाैं । सिप्रदी टे«डिङ्ग प्रालिले लोकोन्याभ नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ।

कम्पनीका अनुसार लोकोन्याभ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन हो जसले गाडीहरुलाई प्रभावकारीरूपले व्यवस्थापन गर्न मद्दत पुर्याउँछ।

गाडीको ट्रयाकिङ, इन्धन सुपरिवेक्षण र भिडियो टेलिम्याट्रिक्स जस्ता प्रयोजनका लागि लोकोन्याभ अत्यन्त उपयुक्त छ।

‘सिप्रदी ट्रेडिङ प्रालिले सुरुवाती दिनदेखि नै आफ्ना ग्राहकहरुको बृहत् हितलाई ध्यानमा राखी अटोमोटिभ एवं सो सम्बन्धित व्यापारको क्षेत्रमा आपूmलाई सशक्त ढंगले अगाडि बढाइरहेको छ’, कम्पनीका प्रमुख कार्यकारी राजनबाबु श्रेष्ठले भने, ‘यसै परिप्रेक्षमा कम्पनीले लोकोन्याभ नेपाली बजारमा ल्याएको छ जसले गाडीको सही व्यवस्थापन गर्न ठूलो सहयोग गर्नेछ।’

लोकोन्याभ प्लेटफर्ममार्फत सिप्रदीले नेपालको गाडी व्यवस्थापन प्रणालीमा आमुल परिवर्तन गर्ने लक्ष्य राखेको उनले बताए।

यसैगरी लोकोन्याभका सहसंस्थापक श्रीधर गुप्ताले केही दिनमा नै छैठौँ वर्षमा प्रवेश गर्नलागेको बताउँदै यसलाई नेपालस्थित सिप्रदीसँगको बलियो सहकार्यले अझ विशेष बनाउने बताए।

‘हामी नेपाल जस्तो आर्थिक रुपमा उदीयमान बजारमा उत्कृष्ट भन्दा उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन प्रदान गर्न प्रतिबद्ध छौँ’, उनले भने।


प्रतिक्रिया दिनुहोस्