पूर्व कप्तान खड्का लेजेन्ड्स क्रिकेट लिग खेल्ने

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ५ : ०३


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले भारतमा आयोजना हुने लेजेन्ड्स क्रिकेट लिग खेल्ने भएका छन् । आइतबार सामाजिक संजाल फेसबुकबाट लेजेन्ड्स लिग खेल्न लागेको पारसले जानकारी दिएका छन् ।

प्रतियोगिता आगामी सेप्टेम्बर देखि अक्टोबरसम्म हुनेछ । प्रतियोगितामा विश्व भरका पूर्व खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ४ टोली हुनेछन् । जसमा १ सय १० लेजेन्ड्स खेलाडी हुनेछन् । प्रतियोगितामा कुल १५ खेल हुनेछ ।

यस पटक पारससहित ५० खेलाडी पक्का भईसकेको लेजेन्ड्स लिग क्रिकेटले जनाएको छ । पारसले गतवर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । mनेपालले सन् २०१४ मा पारसको कप्तानीमा पहिलो पटक टी(ट्वान्टी विश्वकप खेलेको थियो ।


प्रतिक्रिया दिनुहोस्