कोरोना संक्रमणबाट २ जनाको मृत्यु, ३४७ संक्रमित थपिए

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ४ : ४३


काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा ३ हजार ८८८ नमुना परीक्षण गर्दा ३४७ संक्रमित भएका हुन्।

२ हजार ३६० पीसीआरमा ३०३ र १ हजार ५२८ एन्टिजेन परीक्षणमा ४४ जना संक्रमित फेला परेका छन्।

 


प्रतिक्रिया दिनुहोस्